Websoft University

उपप्रधानमन्त्री प्रधान मन्त्री, प्रधानसेनापति, गृहमन्त्री, स्वास्थ्या मन्त्री, समेतलाई कोरोनाले नछोड्ने भयो–अवत स्वास्थ्य सामाग्रीमा भ्रष्टचार गर्नेलाई कार्यवाही हुन्छ होला नि ?


काठमाण्डौ भाद्र १३ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालप्रधानसेनापति  पूर्णचन्द्र थापा होम आइसोलेसनमा बस्नुभएको छन् । 

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बस्नुभएको छ । 

सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ ।

तर नतिजा आउनबाँकीछ । सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ । सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

अव बस्ने बैठकले स्वास्थ्य सामाग्रीमा भ्रष्टचार गर्नेलाई कार्यवाही हुन्छ होला नि ? भनेर आम जनताले सरकार संग प्रश्न गरिरहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.