Websoft University

मोरङ कारागारमा कैदीको मृत्यु भएपछि तनाव

विराटनगर। रातो तारा डट कम, लागूऔषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएपछि मानव अधिकारकर्मीहरूले निरीक्षणगरेकाछन् ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रमुख सोमराज थापासहितको टोलीले आज घटनाको अवस्थाबारे जानकारी लिन कारागारको निरीक्षण गरेका हुन् ।

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको हिजो साँझ कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परीवारकाले यातना दिएको कारणले मत्यु भएको आरोप लगाएका छन् ।

घटनाको भोलीपल्ट आज मानव अधिकारकर्मीहरूले जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेसँग घटनाबारे बुझेका छन् । जिल्ला कारगार मोरङका जेलर लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टम पछि खुल्ने उनले बताए । कुटपिट पछि मृत्य भएको भए छुट्टै निकाय बनाएर छानबिन हुने उनको भनाइ छ । ‘कारागारभित्र यातना दिएको थियो थिएन् यसै भन्न सकिन्न् । सबै पोस्माटम जाँच पछि खुल्छ,’ उनले भने, ‘रिपोर्टले कुटपिट भएको देखाए छानविन गर्न सकिन्छ ।’

बुधबार साँझ सवा ४ बजे कारागारबाट कोशी अस्पताल पु¥याउँदा यादवको मृत्यु भइसकेको चिकित्सकले जनाएका छन् । मृतकको शरीरमा निलडाम रहेकाले आफन्तले कुटपिटपछि हत्या भएको आरोप लगाएका हुन् । आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी आजै शव आफन्तको जिम्मा लगाएको हो ।

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते यता कारागार चलान भएका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.