Websoft University

इन्धन ढुवानी गर्ने ट्याङकर विष्फोट हुदा जमिनै हलियो

बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो ।

ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्टिका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो भने विराटनगर ४ प्रगति टोलका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएको स्थानीय किर्तिराज कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । बिष्फोट पछि स्थानीय त्रसित भएका छन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उप्किएको स्थानीयले जानकारी दिएका छन् । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुनपाएन ।

बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्वनी र अन्य वातावरण प्रदुषण भएको भन्दै छ महिना अघि नै स्थानीयले ग्यारेज अन्यत्र स्थानान्तरण गर्न माग गर्दै वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आाग्रह गर्दै निवेदन दिएका थिए । तर वडा कार्यालयले चासो नदेखाउँदा ग्यारेज असुरक्षितरुपमा सञ्चालन भइरहेको थियो । शुक्रबारको घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयले दवाव दिएका छन् । उनीहरुले अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै तत्काल बन्द गर्न माग गरेका छन् । हाम्रो मतबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.