Websoft University

महानगरको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न


विराटनगर माघ १७ गते | विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ ।

विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गर्नुभयो । तालिम समापन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

 “विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकिने खेलकुदको विकास हुनेछ,” मेयर कोइरालाले भने, “पढ्नु मात्रै सबै कुरा होइन, पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले ध्यान दिनुपर्छ ।” खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गरे ।

विद्यालयमा खेलकुदको विकास र राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीहरु सीप सिकेर सहभागी हुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको खतिवडाले बताए । सो अवसरमा मेयर कोइरालाले तालिमका प्रशिक्षक र सहभागीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।

 तालिममा महानगर क्षेत्रभित्र सञ्चालित २४ विद्यालयका ३० जना शिक्षक र कर्मचारी सहभागी भएका थिए । समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.