Websoft University

फागुन ६ देखि ९ गतेसम्म पूर्वका स्काउटरहरुको ट्रेनिङ क्याम्प सञ्चालन हुने

 


मोरङ | फागुन ६ देखि ९ गतेसम्म पूर्वका स्काउटरहरुको ट्रेनिङ क्याम्प सञ्चालन हुने ।  उत्तरी मोरङका स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा फागुन ६ गतेदेखि स्काउटरहरुको संयुक्त ट्रेनिङ क्याम्प सञ्चालन हुने भएको छ । मोरङको सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी र लेटाङका स्काउट तदर्थ समितिको संयुक्त आयोजनामा सो क्याम्प सञ्चालन हुन लागेको हो ।

सोमबार संयुक्त ट्रेनिङ क्याम्प मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो । मूल आयोजक समितिका संयोजक बादल देवानका अनुसार ‘आत्मविश्वासी, अनुशासित र साहसिक म’ भन्ने भावनाका साथ हुने कार्यक्रममा ११ देखि १६ वर्ष उमेर समूहका १ हजार २ सय जना स्काउटरहरु सहभागी हुनेछन् । क्याम्पका विभिन्न कियुका १ सय जना रोभर तथा रेञ्जरहरु सेवा दलका रुपमा खटिने र करीब ५० जना स्काउट मास्टर तथा लिडरहरु सहभागी हुने बताइएको छ ।

एक्टिभिटिज, क्रिएटिभिटी र इन्टरटेन्मेन्टअन्तर्गतका ५३ वटा बेसमा हुने कार्यक्रममा १ दिन निःशुल्क भ्रमण पासको व्यवस्था गरी स्काउटमा आबद्ध नभएका २ हजार विद्यार्थीहरुलाई क्याम्प भ्रमण गराइने आयोजकले जनाएको छ ।स्काउटरहरुलाई जीवनोपयोगी सीप प्रदान गर्दै नयाँ सदस्य वृद्धि गरी बालबालिकाको चारित्रिक, शारीरिक एवम् नेतृत्व विकास, स्वाबलम्बी, अनुशासित, चरित्रवान राष्ट्रसेवक तयार पार्नु कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 

स्वास्थ्य चेतना, विपद व्यवस्थापन, सामाजिक कुरीति र अन्धविश्वास हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न योग्य नागरिक बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।१५ लाख ८४ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो क्याम्पको उद्घाटन प्रदेश नम्बर १ का मुख्य मन्त्री हिकमतकुमार कार्कीले गर्ने भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.