Websoft University

महानगरद्वारा पार्किङ निषेधित सडकलाई पखालेर चिटिक्क पार्दै


विराटनगर माघ ११ गते | विराटनगर महानगरपालिकाले सरसफाईलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो उठानुका साथै पानी लगाएर पखाल्ने कामसमेत गरिरहेको छ । 

पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पार्किङ व्यवस्थापनपछि महानगरले सडकलाई सफा बनाउन ब्रुमर लगाएर धुलो उठाउने र पानी लगाएर धुने काम गरिरहेको महानगरका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

शनिमन्दिरदेखि अस्पताल चोक र महावीर रोडलाई पार्किङ निषेधिक क्षेत्र घोषणा गरिएको छ । ‘नो पार्किङ जोन’ घोषणा गरिएको सडक पखालेर चिटिक्क पारिएको छ । मेयर नागेश कोइरालाको निर्देशनअनुसार सफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । 

महानगरले सरसफाईलाई कडाइ गरिएको उनले सुनाए । घर र पसलअगाडि फोहोर भेटिए सम्बन्धित घर र पसलधनीलाई कारबाही गरिने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई मेयर कोइरालाले आग्रह गर्दै आएका छन् । मंगलबार महानगरले शनिमन्दिर रोड र महावीर रोड पखालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.