Websoft University

प्याब्सन स्पोर्ट्स मीटमा एभरेष्टको सफलता


विराटनगर माघ ९ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ मोरङको आयोजनामा विराटनगरमा सम्पन्न प्याब्सन स्पोर्ट्स मीटमा एभरेष्ट स्कुलले २ स्वर्णसहित ७ वटा रजत पदक जितेको छ ।
 


स्पोर्ट्स मीटका अधिकांश स्पर्धामा भाग लिएको एभरेष्टले टेबल टेनिस तर्फका २ वटा विधामा स्वर्ण पदक जितेको हो भने २ विधामा रजत पदक जितेको छ । 

टेबल टेनिसको टीम इभेन्ट छात्राको स्वर्ण जितेको छ । जसमा एभरेष्टका तर्फबाट एन्जल पन्त र सोनाम खातुनको टीम रहेको थियो । यस्तै छात्रा सिंगल तर्फ पनि एभरेष्टकी एन्जल पन्त प्रथम हुँदै स्वर्ण पदक जित्दा सोनाम खातुन तेस्रो हुँदै रजत पदक प्राप्त गर्नुभएको छ । 

टेबुल टेनिसकै छात्र सिंगल तर्फ प्रतिक कार्की तृतिय हुँदै एभरेष्टलाई अर्को रजत पदक जिताउन सफल हुनुभयो । यस्तै बास्केटबल, छात्र तर्फको लङजम्प, १ सय मिटर दौड, २०० मिटर दौड र छात्रा तर्फको सटपुटमा रजत पदक एभरेष्टले जितेको छ । 

एभरेष्टकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सिर्जना गौतमका अनुसार लङजम्प र १ सय मिटर छात्र दौडमा अर्पण कार्की तेस्रो हुँदै रजत पदक प्राप्त गर्नुभयो । यस्तै २ सय मिटर दौडमा आयुस्मा जैसवालले रजत पदक प्राप्त गर्दा सटपुटमा आश्ना गिरिले कास्य पदक जित्नुभएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.