Websoft University

सीएनआई कोसी एक्स्पो २०२३ आयोजना हुने


बिराटनगर माघ १६ गते | रातो तारा डट कम, हामी अहिले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरको यो महत्वपूर्ण, भव्य र ऐतिहासिक रुपमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०२३ को स्थलमाउपस्थित छौं ।

 नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ समितिको आयोजनामा यहि माघ महिनाको १९ देखि २८ गतेसम्म भव्ययताका साथ प्रदेश राजधानी विराटनगरमा ऐतिहासिक रुपमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी 

(Cni koshi Expo 2023) को तयारी अघि बढाएर अहिले हामीले अन्तिम चरणमा पु¥याएका छौं । सीएनआई प्रदेश १ ले आयोजना गरेको यो पहिलो एक्स्पो नै ऐतिहाँसिक रुपमा आयोजना हुन लागिरहेको जानकारी गराउँदछौं ।

 यस अभियानमा हामीलाई नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं. प्रदेश सरकारअन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका मोरङले एक्स्पो उत्साहजनक रुपमा अघि बढाउन प्रवद्र्धनमा सहयोग पु¥याउनु भएको छ । यसका लागि हामी आभारी छौं ।

 (Cni koshi Expo 2023) लाई सफल बनाउन हामीसँगै मुख्य सहयोगी संस्था मोरंग व्यापार संघ, सहयोगी संस्थाहरु नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एशोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नसिङ कलेज, मेडिकल एशोसिएसन कोशी, इलेक्ट्रिक्स संघ, Cniyef कोमहत्वपुर्ण सहभागिता रहिरहेको छ ।

 परिसंघले एक्स्पोलाई ऐतिहासिक बनाउनकै लागि काठमाडौंबाट समेत तयारी अघि बढाएको थियो । एक्स्पोमा बृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका ४०० जति स्टलहरु रहने छन् । चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोका माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्वपुर्ण योगदान गर्ने विश्वास लिएका छौं । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसार अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने छ ।

 प्रदेश भरिका औधोगिक क्षेत्रभित्र प्रदेश सरकार र स्थानीय तहले एक्स्पोलाई उत्साहजनक रुपमा अघि बढाउन प्रवद्र्धनमा गर्नु भएका कारण आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका ती स्थानीय तहका उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्ने अवसर पाएका    छन् । ती स्थानीय तहहरुबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निशुल्क स्टल प्राप्त गरेका छन् ।

 अर्कोतिर प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि अनेकौं सम्भावनाको खोजी गर्ने र ती क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्य यो एक्स्पोको अर्को महत्वपूर्ण काम रहेको छ । त्यसका लागि संसारकै अग्लो सगरमाथादेखि नेपालकै होचो क्षेत्र केचना कवलसम्मको हाम्रो भौगोलिकता र कोसी नदीको ऐतिहासिकतालाई आम अवलोकनकर्ताहरुमाझ उजागर गरिएको छ । जसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन मिल्ने र आकर्षण बढ्ने हामीले अपेक्षा लिएका छौं ।

 प्रदेश १ मा अहिलेसम्म आयोजित एक्स्पोहरुमा कहिल्यै सहभागीता नजनाएका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औधोगिक क्षेत्रका ठुला उद्योग र उत्पादन ब्राण्डहरु पनि यस एक्स्पोमा उत्साहपूर्ण रुपमा सहभागीता जनाउने सुनिश्चिताले हामी सारै हर्षित छौं ।

 एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरुले समेत आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने मौकाका रुपमा उपयोग गर्दैछन् । पर्यटन प्रवद्र्धन गर्न र छिमेकी मुलुकका प्रविधीहरु भित्र्याउन ब्यापक प्रचार प्रसार गरिएको छ । आशा छ, छिमेकी मुलुक भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने लक्ष्य राखिएको छ ।

 स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका लोकप्रिय राष्ट्रिय कलाकारहरुले एक्स्पो अवधिभर विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमका माध्यमबाट अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । थारु जातीको परम्परागत घर, सेल्फी पुल, फनपार्क समेतले वालवालिका र युवा वर्ग लगायतका सवै उमेर समुहलाई आकर्षण दिने छ र उनीहरुमा सकारात्मक उर्जाको विकास गर्नेमा विश्वास लिएका छौं ।

 एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले हामीले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरेका छौं । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने छ । यसबाट विशेष गरी विद्यार्थीहरुले हाम्रो सौर्यमण्डलबारे ज्ञान हाँसिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएका छौं ।

 एक्स्पोमा सविन राई तथा उनको फारोह ब्याण्ड, राजु लामाको मंगोलियन हर्ट, अभया सुब्बा द स्ट्रिम इन्जिन्स ब्याण्ड, एकदेव लिम्बू, नितेशजंग कुँवर, समीर श्रेष्ठ, आशीष गुभाजुको अकेष्ट्रिक सोलो प्रस्तुति र अनुप्रस्थ लगायतका कलाकारहरुका सांगितिक प्रस्तुति तय भइसकेका छन् ।

 अनलाइन भुक्तानी गेटवे ‘खल्ती’ बाट सहज रुपमा टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएका छौं । (Cni koshi Expo 2023) को मुख्य प्रायोजक रमपम तयारी चाउचाउ, प्रायोजकहरु के.एल. दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकहरुमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स्, चौधरी ग्रुप (सीजी), क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कन्कृट नेपाल रहेका छन् । त्यस्तै बैंक पार्टनर सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा हिमालय एभरेष्ट इन्स्योरेन्स, हेल्थ पार्टनर विराट मेडिकल कलेज तथा रिसर्च सेन्टर लगायत रहेका छन् ।  

 यस एक्स्पोलाई ऐतिहासिक र भव्य बनाउन यहाँहरु सबैको सकारात्मक सहयोगको हामीले अपेक्षा राखेको छौं, यहाँहरुको सहयोग र सद्भावका लागि आभार व्यक्त गर्दछौं ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.