Websoft University

वराहक्षेत्रमा संक्रमितलाई आयुर्वेदिक पद्धतिबाट उपचार गरिने


विराटनगर, १७ जेठ । रातो तारा डट कम,प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि साढे ४ सय वेडको आईसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । 

४ सय ५० वेड मध्ये १ सय ५० वेडको आईसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरि तयारी शुरु भएको छ । सुनसरीको बराहक्षेत्रमा प्रदेश सरकारले निर्माण गर्ने १ सय ५० वेडको आईसोलेसन उपचार केन्द्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्नेगरि सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज बराहक्षेत्रमा छलफल गर्नुभएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, वराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र कृष्णदास आश्रम व्यवस्थापन समितिका पदाधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले बराहक्षेत्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने निश्कर्ष निकालिएको बताउनुभयो । 

वराहक्षेत्रमा गरिने उपचारका लागि सामाजिक विकास मन्त्रालयबाट विज्ञ सहितको आयुर्वेदको टिम खटिने उहाँले बताउनुभयो । बराहक्षेत्रमा भोलिदेखि आईसोलेसन उपचार केन्द्र निर्माणको काम शुरु हुने मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा गरि ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । 

कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आईसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.