Websoft University

कोरोनाले देशै रोयो...भन्दै सरिता भारती


काठमाडौ, जेठ १६ गते । रातो तारा डट कम,सञ्चारकर्मसँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीको नयाँ गीत देशै रोयो कोरोनाको भिडियो बजारमा आएको छ । यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् ।

यो गीत निकै कर्णप्रिय बनेको छ । गायिका सरिता, गायक चेतनसँगै यो गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । गीतलाई सागर प्रधानले लेखेका हुन् । यो गीतमा संगीत पनि सागर प्रधानकै छ । संगीत कर्णप्रिय छ ।
युट्युवबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । यी गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ ।

लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको पनि गायिक सरिताले बताएकी छिन् । उनका अनुसार यो गीतको भिडियो पनि दुई दिन तयार गरेर रिलिज गरिएको हो । बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।

गीतबारे गायिका सरिताले भनिन्,‘यतीबेला सारा विश्व कोरोना भाईरस (कोभिड १९) को महमारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द संगीत तयार पारेपछि यो गीत बजारमा ल्याइएको हो । अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सिमा भारतले मिचेको पीडालाई यो सन्देशमुलक रुपमा यो गीतमा समेटिएको छ ।’

यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिता भारतीले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताईन् । मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको संगीत रहेका आफ्नो एकल गीत ए राजा झट्टै बजाईदेउ बाजा...’ को भिडियो रिलिज गर्ने सरिताले बताईन् । उनको यो गीत पनि रेकर्ड भईसकेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.