Websoft University

धादिङमा रासायनिक मलको अभाव



कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम,खेतीपातीको मुख्य समयको बेला धादिङका किसानहरुलाई रासायनिक मलको अभाव हुन थालेको छ । सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ मार्फत कृषि सहकारीहरुलाई मात्र रासायनिक मलको विक्री वितरणको अनुमति दिएको भएपनि आवश्यक मात्रमा सहकारीहरुलाई मल आपूर्ति गर्न नसक्दा किसानहरुलाई समस्या भएको हो ।

धादिङ जिल्लाका ५९ वटा सहकारीहरुलाई युरिया, डिएपि र पोटास गरी करिब २७ सय मेट्रिक टन रासायिनक मल वितरण गरिएको कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीकी प्रमुख शर्मिला घिमिरेले बताउनुभयो । धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीमार्फत धादिङको मध्ये क्षेत्रमा मल वितरण हुँदै आएपनि किसानहरुले सहजै मल पाउन सकेका छैनन् । 

करिब २५ सय बोरा मल आवश्यक परेकोमा कृषि सामग्री कम्पनीले न्यून मात्रामा मल पठाएकाले वितरणमा समस्या भएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो । कृषि सहकारी मार्फत मात्र वितरण गर्ने सरकारको निर्णय भएता पनि व्यवसायीहरुले मनपरी मूल्यमा रासायनिक मल विक्रि वितरण गरेको किसानहरुको गुनासो छ । 

कम्पनीले सहकारीलाई  युरिया मल प्रति बोरा ८ सय १७, डिएपि मल प्रति बोरा २२ सय ६७ र पोटास प्रति बोरा १६ सय ६६ मा विक्री गरेता पनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा १ हजारमा बेचेको पाइएको छ । मल वितरण हुने भएपछि बिहानैदेखि किसानहरुको भीड लाग्ने गरेको तर मल नपाएको भन्दै किसानहरुले गुनासो गरेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.