Websoft University

पिसिआर ल्याब सञ्चालन गर्न माग


कामाण्डौ जेठ १६ गते । रातो तारा डट कम,भक्तपुर अस्पताललाई सरकारले जिल्लाको कोभिड अस्पतालको रुपमा घोषणा गरेपनि पिसिआर ल्याब नहुँदा भक्तपुरमा  संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको छ । 

भक्तपुरमा कोरोना परीक्षण गराउनेको संख्या बढेपछि भक्तपुर अस्पतालमा पिसिीआर ल्याब सञ्चालनमा ल्याउन जिल्लामा सञ्चालनमा रहेका अन्य अस्पतालहरुले माग गरेका छन् । भक्तपुरका अधिकांश अस्पतालको सेवा सुस्त भएको अहिलेको समयमा नियमित सेवा सञ्चालन गरेको भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन माग गरेका हुन् । 

पछिल्लो समयमा टेकुको ल्याबमा कोभिड–१९ को परीक्षण गर्नेको भीड र अन्य जिल्लाबाट आउने स्वाब बढेपछि परीक्षणका लागि पठाएको एक हप्तामा मात्रै रिपोर्ट आउँदा झन् जोखिम बढेको जिल्लाका अस्पतालहरुको भनाइ छ । अस्पतालमा जेठ १० गतेबाट आरडीटी किट सकिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलनको काम मात्रै हुँदै आएको छ । 

कोरोनाको बिरामीको मात्रै उपचार गर्नेगरी छुट्टै ब्लकको निर्माण भइसकेको, जनशक्ति तयारी अवस्थामा रहेको बताउदै अस्पताल सुपरिन्टेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमै पिसिआर सञ्चालनमा ल्याउन सके धेरैलाई सहज हुने र राष्ट्रिय प्रयोगशालामा पनि भीड कम हुने बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.