Websoft University

एकै दिन आज १ सय ८९ जनामा कोरोना भाइरस पुष्टि


 काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम, आज एकै दिन १ सय ८९ जना मानिसमा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । यस संगै देशमा सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभरका ५३ जिल्लामा कोरोना फैलिएको छ । 

कपिलवस्तु १ सय ९, सर्लाहीमा १७, दैलेखमा  १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा  ७ र रौतहटमा ६ जनालाइ कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै दाङमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासमा २, झापामा १, ललितपुरमा १ तथा बारामा १ जनमा सङ्क्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । 

बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका छन्  । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । 

आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार आज सम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् । सङ्क्रमितको पहिचानका लागि पिसिआर परिक्षणलाइ बढवा  दिएको डा. देबकोटाले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.