Websoft University

खोटाङ सामाजिक सेवा मञ्चद्वारा राहत वितरण


विराटनगर, १७ जेठ । रातो तारा डट कम,खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले लकडाउनबाट प्रभावित विद्यार्थी र मजदुरलाई राहत वितरण गरेको छ ।

साढे २ महिनादेखि जारी लकडाउनका कारण खोटाङ घर भई विराटनगरमा अध्ययनका क्रममा बसोबास गर्ने विद्यार्थी र मजदुरलाई मञ्चले आज राहत वितरण गरेको हो ।

प्रतिव्यक्ति १५ किलो चामल, २ किलो आलु, १ लिटर तेल, १ किलो दाल र एउटा साबुन वितरण गरिएको मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिए ।
“लकडाउनका कारण खोटाङ घर जान नपाएका विद्यार्थी र डेरामा बस्ने मजदुरलाई थोरै भए पनि सहयोग पुगोस् भनेर राहत वितरण गरेका हौं,” अध्यक्ष मार्सेलीले भने ।

मञ्चका सल्लाहकार महेश रेग्मी, गोपाल खटवाल, विमला घिमिरे, अध्यक्ष मार्सेली, सचिव घनश्याम पोखरेललगायतले राहत वितरण गरेका थिए । मञ्चमा आबद्ध सदस्य र सल्लाहकारहरुको सहयोगमा ५० जनालाई राहत वितरण गरिएको मञ्चका सचिवसमेत रहेका राहत वितरण समितिका संयोजक पोखरेलले बताउनुभयो ।

खोटाङबाट विराटनगरमा आएर स्थायी रुपमा बसोबास गर्नेहरुले समाजसेवा गर्ने उद्देश्यका साथ मञ्च स्थापना गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.