Websoft University

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक : मन्त्री घिमिरे


बिराटनगर जेठ १८ गते । रातो तारा डट कम,प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । 

सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उहाँले बताउनुभयो । थुक र छिटाको माध्यमबाट श्वासप्रश्वास मार्ग हुँदै एकआपसमा सर्ने देखिएकाले सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गर्ने काममा प्रदेश सरकार लागेको मन्त्री घिमिरेले बताउनुभयो । विश्व धुम्रपान रहित दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुएको हो । 

प्रदेश सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणको घोषणा गरेअनुसार काम भईरहेको उहाँले बताउनुभयो । लकडाउनका कारण पुर्वनिर्धारित कार्यक्रम प्रभावित भएपनि अव निरन्तर अभियान सञ्चालन हुने मन्त्री घिमिरेले बताउनुभयो । 

उहाँले कोरोनाको प्रभाव अगाडी प्रदेशको मुख्यमन्त्री कार्यालय सहित सवै मन्त्रालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थानहरुको एक सय मिटर भित्र सुर्तीजन्य पदार्थको प्रयोग र विक्रि वितरणमा रोक लगाईसकीएको उहाँले बताउनुभयो । सुर्तीजन्य पदार्थलाई मनैदेखि त्याग्न उहाँले आग्रहपनि गर्नुभयो । 

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले सुर्तीजन्य पदार्थले कोरोना भाईरस फैलाउन मद्दत गर्ने भएकाले यसको प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले धुँवाजन्य वस्तुले फोक्सोलाई असर गर्ने भएकाले स्वास्थ्यको कारणले पनि हानिकारक भएको बताउनुभयो । 

प्रदेश नं. १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्कोको गत माघ १३ गते प्रदेश नं. १ लाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने निर्णय गरिएको थियो । 

सोही निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले सरोकारवाला पक्षहरुसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन संवन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको थियो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.