Websoft University

विकासको नाममा निकास नखोज्दा वर्षेनी ढुबान ।


शिव भट्टराई भोजपुरे-मोरङ। रातो तारा डट कम,भौतिक विकासको लागि भनेर राज्यले खरबौं रूपैँया लगानी गरेको छ र गर्दै आइरहेको छ पनि तर विकासको नाममा निकास खोज्न नसक्दा विकास भन्दा पनि विनास बढी निम्तिने गरेको छ । यो नौलो घटना भने हैन । हामी विकास त गछौँ तर कस्तो विकास ? त्यसको दिर्घकालिन सोच लिएर विकासको खाका कोर्न नसक्दा वर्षेनी पहाडमा पहिरो र तराइमा डुबानको कारणले गर्दा ठूलो धनजनको क्षति हुने गरेको छ र सरकारले गरेको लगानी बालुवामा पानी हाले सरह भइरहेको छ । 


वर्षायाम सुरु भएसँगै वर्षेनी सुन्दरहरैँचा डुबानमा पर्दै आएको छ । डुबान प्राकृतिक बिपत्ति भएपनि यसको कारक तत्व मानव निर्मित अव्यवस्थित संरचना र दिर्घकालिन सोच बिनाको विकास संरचनाहरू नै हुन् । नदी अतिक्रमण, बढ्दो शहरीकरण, खेतीयोग्य जमिन खण्डिकरण, अव्यवस्थित बसोबाससँगै बढ्दो जनसंख्याले पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै ज्वलन्त उदाहरणहरु हुन् । जनताले डुबान र कटानको समस्या दिर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरिरहन्छन् तर यसको दिर्घकालिन समाधान खोज्न सरकार नै अलमलमा परेको देखिन्छ ।


पूर्व तयारी बिनाका भौतिक संरचना, पानी निकासका लागि नाला भन्दा पनि बाटो प्राथमिकतामा पर्नु नै यसको कारक तत्व मान्न सकिन्छ । यस्तो विकास संरचनाले भावि पुष्तालाई कस्तो असर पार्छ ? त्यसमा न त सरोकारवाला निकायको ध्यान गएको छ न त सरकारको न त जनतानै जागृत छन्  यस विषयमा । स्थानीय सामाजिक व्यत्तित्व रामकृष्ण खड्काले भन्नुहुन्छ, पानीको  भरपर्दो निकास राम्रो हुन नसक्दा डुबानको समस्या जटिल बन्दै गएको हो । खोला तथा कल्भर्ट अतिक्रमण गरि संरचना निर्माण गर्दा पानीले उचित निकास नपाउँदा वर्षेनी डुबानको समस्या बढेको खड्का बताउनुहुन्छ । भएको नाला र पैनी मासेर मानवीय संरचना निर्माण गरि बस्ति बसाउँदा वर्षेनी डुबानको समस्या बढेको स्थानीय अनिल श्रेष्ठ बताउनुहुन्छ । राजमार्ग छेउछाउका कल्भर्टहरु मासिनु कारण यो अवस्था सृजना भएको सरोकारवालाहरुको धारण रहेको छ । 

दीर्घकालिन विकासको सोच राखि पानीको उचित निकास बेलैमा गरेको गरेको भए यस्तो विपद् सिर्जित नहुने वडा नंं ४ का वडाअध्यक्ष कैलाश बस्नेतले बताउनुभयो । अव्यवस्थित बसोबास,नक्सामा भएका पुराना बिर्ता पैनी मासिनु नै मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । पुराना कुलापैनीलाई संरक्षण गर्दै आगामी विकास योजनामा लागे मात्र भावी पुस्तालाई समेत राहत पुग्ने र यसमा नगरपालिकाले दिर्घकालिन सोचका साथ लाग्न जरुरी रहेको उहाँको भनाई छ । त्यस्तै यसको दिर्घकालिन समस्या समाधानको लागि वडाको मात्र बजेट पर्याप्त नहुने हुँदा नगरपालिका, प्रदेश र केन्द्र सरकार समेत लाग्नु पर्नेमा जोड दिनुभयो । आफ्नो डुबान क्षेत्रको निकास गर्ने क्रममा सो सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभएको थियो । 

त्यसैगरी सोमबार देखी परेको अविरल वर्षापछि आएको गछिया खोलाको बाढीले बगाउँदा सुन्दरहरैँचामा १ जनाको मृत्यु समेत भएको छ । भने कयौँ घरहरू डुबानमा परेका छन् । वर्षाका कारण नगरका दक्षिणी तर्फका भागहरू बढी प्रभावित भएका छन्् । त्यस्तै केही सडकहरुमा समेत क्षति पुगेको छ ।

स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार हो त्यसैले यस्ता आइपर्ने विपद्लाई कसरी दिर्घकालिन समाधान गर्न सकिन्छ ? यस तर्फ बेलैमा सरोकारवालाहरुको ध्यान जान जरुरी देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.