Websoft University

बरुवा खोला रोकथामको प्रयास हुदै


श्याम राई, उदयपुर   गाईघाट, १५ असार। रातो तारा डट कम, दुई दिन देखि परेको वर्षाको कारण बरुवा खोलामा आएको बाढीले खोलामा लगाएको बाधको विभिन्न भागमा कटान गर्न थालेपछि त्रियुगा नगरपालिकाले रोकथामको उपाया अवलम्बन गरेको छ ।

गाईघाट बजारलाई सुरक्षित राख्नको लागि चार दशक अघि बरुवा खोलामा तटबन्ध निर्माण गरिएको थियो । खोलामा आउने बाढीले वर्षेनी बाधलाई क्षति पु¥याउँदै आएको छ । बजारदेखि झण्डै ५ सय मिटर उत्तर–पूर्वमा रहेको खोलाको पूर्व–पश्चिम बसपार्क, साकेलाथान र बृक्षारोपण पूर्व तर्फको  केही खण्डमा दुई दिनको अविरल वर्षाले गर्दा आएको बाढीले तिब्र कटान गर्न थालेपछि बजार क्षेत्रमा समेत जोखिम बढेको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादब सहितको टोलीले बुधबार कटान क्षेत्रको अवलोकन गरेकाछन् । मेयर बस्नेतले तत्काल रोकथामको लागि काम थाल्ने व्यावस्था मिलाएको बताए । ‘ बाढीले केही स्थानमा कटान गरेको रहेछ । बजार क्षेत्रमा बाढी पसेर क्षती नहोस भन्नको लागि तत्काल कटान रोक्न काम शुरु गरेका छौ । ’ उनले भने ।

जुट बोरा, तारजालीको व्यावस्था मिलाएर कटान गरेको ठाउँमा मर्मत संभारको लागि प्राविधिक सहितको टोली परिचालन गरि सकेको उनले बताए ।

भारी वर्षाको लागि मदन–भण्डारी राजमार्गमा बुधबार सवारी आवगमन पूर्ण रुपमा बन्द रह्यो । राजमार्गको केही ठाउँमा पुल निर्माणको काम नसकिएकोले नदीमा आएको बाढीले सवारी साधन संचालनमा अवरोध पु¥याएको हो ।



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.