Websoft University

महानगरको विपद व्यवस्थापनका लागि प्याब्सनको सहयोग


विराटनगर । रातो तारा डट कम, प्याब्सन विराटनगर महानगर कार्य समितिले विराटनगर महानगरपालिकामार्फत बाढी र डुबानपीडितलाई राहत वितरण गर्ने गरी नगद रकम उपलब्ध गराएको छ । 

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर नागेश कोइरालालाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विपदको बेला सहयोग गर्नु मानवीय धर्म भएकाले महानगरमार्फत हुने विपद व्यवस्थापनका लागि राहत रकम उपलब्ध गराइएको प्याब्सनका अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्याब्सन महानगर समितिले सदस्य चिरञ्जीवि तिम्सिनाको संयोजकत्वमा बाढीपीडित सहयोग उपसमिति बनाएको थियो । आफ्ना सदस्य विद्यालयहरुबाट संकलन गरिएको रकम महानगरपालिकामार्फत राहत वितरण गर्ने गरी राहत रकम हस्तान्तरण गरिएको संयोजक तिम्सिनाले जानकारी दिनुभयो । 

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दा पारदर्शी र वास्तविक पीडितले पाउने भएकाले महानगरलाई राहत रकम उपलब्ध गराइएको उहाँले प्रस्ट पार्नुभयो । राहत रकम बुभ्mदै मेयर कोइरालाले महानगरको आह्वानलाई आत्मसात गरेर रकम उपलब्ध गराएकोमा प्याब्सनलाई धन्यवाद दिनुभयो । 

प्याब्सनले यसअघि पनि विपदको समयमा खाद्यन्न, लत्ताकपडा वितरण गर्दै आएको छ । मेयर कोइरालालाई अध्यक्ष बुढाथोकी, संयोजक तिम्सिना, सचिव अशोक लामा, कोषाध्यक्ष नन्दलाल मण्डल, सदस्य हिरा थापालगायतले चेक हस्तान्तरण गर्नु भएको थियो । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.