Websoft University

चिनियाँ कम्पनीले नै केरूङ जाने सुरुङ निर्माण गरिदिने ।




बिराटनगर, असार ९ गते । नेपाल सरकारको अनुरोधमा काठमाडौं देखि केरूङ सम्मको सुरुङ मार्ग भने चिनियाँ कम्पनीले निर्माण गरिदिने प्रस्ताव राखेको छ । ‘चिनियाँ कम्पनीले नै सुरुङको सम्पूर्ण प्राविधिक आफैं ल्याएर निर्माणगर्ने योजनासहित काम अघिबढाउन थालेकोछ ।
सचिवस्तरीय निर्णयपछि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले प्रधानमन्त्री केपी ओलीलाई उक्त बाटो, लम्बाइ र जान–आउन लाग्ने समयबारे जानकारी दिएका थिए । लगत्तै प्रधानमन्त्री ओलीले कामलाई अघि बढाउन निर्देशन दिए । सरकारले उक्त सडक र सुरुङ मार्गको निर्माण तयारी १८ महिना र ३६ महिना अवधिको राखेको छ ।
पूर्वसचिव तुलसीप्रसाद सिटौलाका अनुसार हाल काठमाडौंबाट गल्छी हुँदै त्रिशूली पुग्न ८० किमि लाग्छ भने सामाखुसी,टोखा हुँदै त्रिशूली ५२ किमिमै पुगिन्छ । यस हिसाबले टोखाबाट लैजाँदा बाटो अहिले नै २८ किमि नजिक पर्नेछ । यसमा पनि सुरुङ बनेपछि ५२ किमिबाट घटेर ४२ किमि मात्र हुनेछ । ‘सुरुङले मात्रै १० किमि दूरी घटाउने छ,’ सिटौलाले भने ।
अर्कोतर्फ हाल त्रिशूलीबाट केरुङपुग्न ६८ किमि लाग्छ । यो बेत्रावती–धुन्चे–रसुवागढी हुँदै केरुङ पुग्ने मार्ग हो । सेनाले बेत्रावतीबाट त्रिशूलीको किनारै किनार मैलुङ्ग, हाकुबेसी हुँदै निर्माण गरिरहेको सडक पूरा भएपछि थप १५ किमि सहजै कम हुनेछ । ‘तल खोलाको किनारबाटै बाटो गएपछि अझ किमि घट्छ, बाटो पनि सहज हुन्छ,’ सिटौलाले भने, ‘५३ किमिमै त्रिशूलीबाट केरुङ पुग्न सकिन्छ ।’
केरुङबाट रसुवा हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म रेल मार्ग पुर्‍याउने अध्ययनको कामलाई अघि बढाएको सरकारले सडक सञ्जालमार्फत साढे दुई घण्टामै काठमाडौंबाट केरुङ पुग्ने योजनाको प्रस्ताव अघि बढाएको हो । यो कुरा सुनेर नेपालीहरू अतिनै खुसि
भएकाछन्  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.