Websoft University

जनता क्याम्पस र विश्वआदर्शको विजयी सुरुवात


सुनसरी, फागुन १३ गते । रातो तारा डट कम,
 इटहरीमा आइतबारदेखि सुरु भएको एक नम्बर प्रदेशस्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगितामा जनता बहुमुखी क्याम्पस र विश्वआदर्श कलेजले बिजयी सुरुवात गरेका छन ।
 नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा सुरु भएको एक्सपर्ट अन्तर कलेज स्तरीय लिगकम नकआउट क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा जनता बहुमुखी क्याम्पस इटहरीले कोशी सेन्टजेम्स कलेज इटहरीलाई ३ विकेटले पराजित गरेको छ ।

 टस हारेर ब्याटिङ गरेको कोशी सेन्टजेम्सले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव ५ बलमा ९० रनमा अल आउट भयो । जसमा फौजल अन्सारीले २७ रन बनाउँदा पवन पाण्डेले २० रन बनाए । जनता क्याम्पसका मनिष खतिवडाले ४ विकेट लिए भने मनिष दाहालले ३ विकेट लिए । जवाफमा ९१ रनको बिजयी लक्ष्य लिएर ब्याटिङ गरेको जनता क्याम्पसले १६ दशमलव १ बलमा ७ विकेट गुमाएर लक्ष्य भेटायो । जसमा उज्वल श्रेष्ठले २० रन बनाउँदा बिकेश बञ्जराले १६ तथा मनिष दाहालले ११ रन बनाए । सो खेलको म्यान अफ द म्याच बिजयी टिम जनता क्याम्पसका मनिष खतिवडा घोषित भए ।

 दोस्रो खेलमा विश्वआदर्श कलेजले कस्तुरी कलेजमाथी १ विकेटको संघर्षपूर्ण जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको कस्तुरी कलेजले निर्धारित १६ ओभरको खेलमा अलआउट हुदै ६४ रन मात्र जोड्न सक्यो । जसमा सन्दिप खनालले १७ रन तथा सज्दिप शाहले १५ रन बनाए । विश्वआदर्शका भुपाल लुइटेल र निशन कहतले ३–३ विकेट लिए । ६५ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको विश्वआदर्शले १० ओभर ९ विकेट गुमाएर लक्ष्य भेटायो । सो खेलको म्यान अफ द म्याच पराजित कस्तुरी कलेजका निश्चल बुढाथोकी घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल शुष्मा कलेज र जनता क्याम्पस बिच हुनेछ भने दोसो्र खेल शिक्षादिप कलेज बिराटनगर र बिश्वआदर्श कलेजबिच हुने प्रतियोगिता संयोजक एवम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले बताए ।

देशका ठूला १२ वटा शहरहरुमा सञ्चालन भइरहेको  प्रतियोगिता प्रदेश १ को इटहरीमा आइतबारदेखि सुरु भएको हो । प्रतियोगितामा सुनसरी र मोरङका ६ वटा कलेजको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले क्रिकेट ब्याट सहित किट मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले पनि क्रिकेट जर्सी सहित अन्य मेडल प्रमाण पत्र एवम ट्रफि प्राप्त गर्नेछ ।

त्यस्तै प्रत्येक खेलको म्यान आफ म्याच सर्वोत्कृष्ठ खेलाडीको ट्रफि पाउने आयोजकले जनाएको छ ।  अढाई लाख रुपियाँको खर्चमा सम्पन्न हुने प्रतियोगिताका विजेता टिमलाई काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गराइने र काठमाण्डौमा हुने प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने टिमलाई बङ्गलादेश वा श्रीलङ्कामा अभ्यास खेलको अवसर समेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।
 खबर पूर्वाञ्चलबाट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.