Websoft University

आगामी बैशाख १२ गतेदेखि १८ गतेसम्म सप्ताब्यापी प्रदेश स्तरीय तेश्रो बृहत औधोगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सब हुने


श्याम राई, उदयपु  गाईघाट, १६ चैत्र | नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आगामी बैशाख १२ गतेदेखि १८ गतेसम्म सप्ताब्यापी प्रदेश स्तरीय तेश्रो बृहत औधोगिक प्रदर्शनी तथा रैथाने खाना महोत्सब हुने भएको छ ।

स्थानीय औधोगिक उत्पादन र रैथाने खानालाई मुख्य आकर्षण बनाएर यसको बजारीकरण तथा प्रचारप्रसारमा ध्यान पु¥याउँदै गाईघाट बजारको नँया बसपार्कमा महोत्सबको आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । संघका अध्यक्ष मधुकर थापाले जिल्लामा औधोगिक क्षेत्रको समस्याहरुलाई समाधानका लागि प्रदर्शनीको महत्वपूर्ण भूमिका रहेको बताए ।

जिल्लामा कृषि, जडिबुटी, पशुपन्छि, स्थानीय कच्चापदार्थ, खनिजजन्य र पर्यटनको प्र्रचुर सम्भाबना रहेको हुदा यसलाई चलाएमान बनाउनको लागि पनि मेला महोत्सबको भूमिका अहम रहने थापाले बताए । महोत्सबमा कोशी प्रदेशको सबै जिल्लाको औधोगिक उत्पादनको प्रदर्शन र रैथाने खाना तथा उत्पादित बस्तुको प्रदर्शनी गरिने छ । महोत्सबमा झण्डै १ सय स्टल राखिने छ । महोत्सबमा प्रबेश निःसुल्क र निःसुल्क स्टल राख्न दिने थापाले जानकारी गराए ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.