Websoft University

स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि ज्येष्ठ नागरिकको घर–घरमा पुग्दै


विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका ज्येष्ठ नागरिककोस्वास्थ्यअवस्थाबुझ्न घर–घरमा पुग्ने अभियान सुरु गरेको छ ।

स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र  स्वास्थ्य अवस्था बुझ्ने कार्यको सुरुवात गरेका हुन् । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधिलगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरिन् । उनले विराटनगर–८ अमरटोलीका १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ गरिन् ।

८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्रीलगायतका सामानहरु घर–घरमा वितरण सुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । वडाभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकको लगत संकलन गरी १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो । आगामी आर्थिक वर्षदेखि उमेर समूहले विस्तारै घटाउँदै लगिने वडाध्यक्ष पोखरेलको बताए । ज्येष्ठ नागरिकलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाइट वितरण गरिएको छ ।

कार्यक्रममा वडाध्यक्ष पोखरेल, वडासदस्यहरु ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । अभियानअन्तर्गत आइतबार विराटनगर अमरटोलका १४ जना ज्येष्ठ नागरिकको घरमा पुगिएको वडासदस्य  पवित्रा विकले जानकारी दिइन् । विराटनगर–८ ले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको उनले बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.