Websoft University

खोटाङंमा शनीबार साँझ ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । ट्याक्टरमा सबार अन्य एक जना घाईते भएकाछन्


श्याम राई, उदयपुर  गाईघाट, १८ चैत्र | बराहपोखरीदेखि भिरगाउँस्थीत रुम्दुबाट रसुवाघाट तर्फ खयर बोकेर आउँदै गरेको मे १ त ८५९७ नम्बरको ट्याक्टर साँझ ६ बजे बराहपोखरी –१ स्थित भिरदेखि झण्डै ७ सय मिटर तल खस्दा गाडीका चालक झापा बुद्धशान्ति नगरपालिका–४ का बर्ष २८ का अमृत लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरमा रहेका अर्का २४ बर्षिय मुकेश मगर घाईते भएकाछन् । टाउको र शरीरको विभिन्न ठाउँमा चोटपटक लागेका उनको खोटाङं अस्पतालमा उपचार भैरहेको छ ।

मृतक लिम्बुको शब झण्डै ५ सय मिटर तल खोचमा अड्किएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी काठ बोेकेको कारण अनियन्त्रित भै सडकदेखि तल खसेको प्रहरीले अनुमान गरेको छ ।

 

 


 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.