Websoft University

सडक मिचेर बनाएका घर टहरा भत्काइयो



काठमाण्डौ भाद्र १४ गते । रातो तारा डट कम,रौतहटको चन्द्रपुर नगरपालिकाले सडक अतिक्रमण गरी बनाएको घर टहरा लगायतका संरचना भत्काएको छ । पटक, पटक सूचना र जानकारी दिँदा समेत वेवास्ता गरेपछि नगरपालिकाले संरचनालाई भत्काएको हो । चन्द्रपुर नगरपालिकाको तल्लो बजारबाट पुर्बटोल जाने सडकमा अतिक्रमण गरी बनाएको घर टहरा लगायतका संरचना भत्काएको चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले बताउनु भयो । मापदण्ड अनुसार सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्न लागिएको उहाँले बताउनुभयो । तर सडक नै अतिक्रमण गरी बनाईएको संरचना हटाउन नमानेपछि बुधबार दुई वटा घर भत्काएको उहाँले जानकारी दिनुभयो । कालोपत्रे सडक निर्माणका लागि नगरपालिकाले प्रक्रिया पुरा गरेपनि अतिक्रमण गरि बनाईएको दुई वटा घरले बाधा पुरयाएपछि बाध्य भएर हटाउनु परेको उहाँको भनाई छ । जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरुको सहयोगमा अतिक्रमण गरी बनाईएको संरचना हटाएको उहाँले बताउनुभयो । उतm संरचना हटाएपछि सडकलाई कालोपत्रे गर्न सहज भएको उहाँको भनाई छ । सडक अतिक्रमण गरी बनाईएको संरचना समयमा नहटाएका कारण सडक निर्माणमा ढिलाई भएको समेत प्रमुख प्रशासकिय अधिकृत ढकालले दावी गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.