Websoft University

नेपाली कांग्रेस विराटनगर नगरले मनायो विपिको जन्मजयन्ती


विराटनगर भदौ १४ गते । रातो तारा डट कम,नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस महानगर कार्यसमितिले  आज विविध कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सरसफाई गर्नका साथै बेरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो । कार्यक्रममा नपाली कांग्रेस मोरडका सभापति डिगवहादुर लिम्वुले विपिको योगदान र उनका भनाइलाई कांग्रेसले आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने बताए ।

नेपाली कांग्रेस नगरका सभापति तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले विपिको विचार आजपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै यसमा सवै कांग्रेसीजन गोलवद्ध भएर हिड्न आबश्यक रहेको औल्याए । उनले विराटनगरको विकासमा सवैको खवरदारी र सुझाव आबश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे ,कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने,सचिव प्रकाश दाहाल ,निरज कोइराला , लगायतका ब्याक्तिहरुले विपि जन्मजयन्ती र यस अबसरमा गरिएका कामका बारेमा आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेकाथिए ।

कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.