Websoft University

प्रदेश सरकारले वातावरण स्वस्थ राख्न र सरक्षण गर्न -फागुनबाट हरित क्रान्तिको शुरुवात गर्ने: मुख्य मन्त्री राई


विराटनगर,पुस १३ गते । रातो तारा डट कम,प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले एक नम्बर प्रदेश सरकारले वातावरण स्वस्थ राख्दै यसको संरक्षण गर्न योजना अगाडी बढाएकोे बताए ।

विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको वातावरण विकास र मानवअधिकार विषयक कार्यक्रममा मुख्यमन्त्री राइले वातावरण विग्रदै गएकोले यसको संरक्षण गर्दै यसका स्रोतहरु जोगाउन प्रदेश सरकारले आगामी फागुनबाट हरित क्रान्तिको शुरुवात गर्ने बताएका हुन् ।

वायु प्रदुषण, माटो प्रदुषण, पानीको मुहान सुक्नु, विषादीको प्रयोगलगायतमा कुराले वातावरण विग्रदै गएको भन्दै अहिले वातावरणका यस्ता स्रोतहरु सुरक्षित गरेर भावी पुस्ताका लागि राख्ने दायित्व भएकोले प्रदेश सरकारले वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने मुख्यमन्त्री राइले बताए । उनले वातावरण संरक्षण गर्नु अहिलेको टट्कारो आवश्यकता भएकोले विकाश भनेर बाटो बनाउने विज्ली पुर्याउनु भन्दा वातावरण पहिलो प्राथमिकता हुनु पर्ने समेत बताए ।

वातावरण कसरी जोगाउने भन्ने विषयमा संघिय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको एउटै खाका हुनु पर्ने र देशभर यो अभियान तिब्रताका साथ सञ्चालन गरिनुपर्नेमा मुख्यमन्त्री राइले दिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले तीनै तहको सरकारले देशैभर वातावरण संरक्षण र विकाशका लागि खाका बनाएर काम गर्नु पर्ने भन्दै यसको लागि आयोगले प्राविधिकलगायत अन्य सहयोग गर्न तयार भएका बताए । आयोगले वातावरण, विकाश र अधिकारलाई संगै लिएर जानुपर्छ भनेर वातावरण सरक्षणको कुरा मानवअधिकारको अङग बनाएको उनले बताए ।

प्रदेश १ का मुख्यसचिव केदार न्यौपानेले प्रदेश नं. १ मा वातावरण प्रदूषण हने जोखिम क्षेत्रको पहिचान गरी सुरक्षा र बचावटको कार्य गर्ने वताए । राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक लोकनाथ बांस्तोलाले राजधानी बाहिर सुनसरी र मोरङ औद्योगिक केरिडोरमा वातावरणको बिषयमा अनुसन्धान हुनु पर्ने आवश्यकता औल्याए ।

प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले मानव अधिकार र विकाश बीच गहिरो सम्बन्ध भएकोले विकास गर्दा विनाश नहुने दृष्टि पु¥याउनु आवश्यक भएको बताए । यसैगरी प्राध्यापक डाक्टर शशिकान्त झाले पहिले हुने चरा वनस्पति अहिले मासिदै जान् र वातावरणमा प्रदुषण बढ्दै गएको सन्दर्भमा वातावरणलाई जोगाउन वातावरणलाई हानी हुने क्रियाकलापमा कडाई गरिनुपर्ने बताए ।

मानव अधिकार अधिकृत गीताकुमारी दाहालले आयोगले विगत तीन वर्षदेखि वातावरणको क्षेत्रमा काम गरिरहेको, मानव अधिकारको सम्मान गर्दा वातावरणलाई पनि स्वच्छ, संरक्षण एवं सम्बद्र्धन गर्नु पर्ने र यसका बिषयमा प्रभावकारी कदम चाल्नु समय आइसकेको प्रष्ट पारीन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.