Websoft University

पथरीमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने


अर्जुन जम्नेली राई-मोरङ पुस १६ गते । पथरीशनिश्चरे नगरपालिका–१ मोरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पथरीमा स्थापित फ्रेण्डसीप चेसको आयोजनामा माघ पहिलो साता शहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटि, बुद्धिचाल प्रतियोगिता–२०७५, हुने क्लवले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

प्रतियोािगतामा देशभरका एक सय ५० जनाभन्दा बढी राष्ट्रिय खेलाडिहरु सहभागि हुने क्लवका अध्यक्ष अमिर राईले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ लगायतहुने खेलाडिहरुलाई क्रमस ५०, ४०, ३०, २०, १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्रदान गरिने सचिव लोकसागर साम्बाले बताए ।

विभिन्न समूहमा वर्गीकरण गरी ३९ जनालाई नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ । पुरस्कारमा मात्र नगद तीन लाख ४० हजार तथा अन्य खर्च गरी सात लाख ५० हजार लागतमा प्रतियोगिता समापनहुने पत्रकार सम्मेलनमा जानकारी गराएका छन  । खेल स्वीस लिगको आधारमा आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल च्याम्पियन मदन कायस्थ, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, केशव श्रेष्ठ, सुरवीर लामा, मनिष हमाल लगायतका खेलाडिहरु समेत प्रतियोगिता भिड्न आउने क्लवका अध्यक्ष अमिर राईले बताए ।
सिर्जनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल भन्ने मूल नाराको साथ हुने प्रतियोािगतामा पथरीमा स्थापित एभरेष्ट आवासीय माविका सञ्चालक रविन कन्दङवा प्रथम पुरस्कार प्रायोजन गरेका छन ।

स्कुल सञ्चालक कन्दङवाले आफ्नो बुवा चन्द्रमान कन्दङवा(सी.एम.)को सम्झना स्वरुप नगद राशी प्रायोजन गर्नुभएको क्लवका अध्यक्ष अमिर राईले बताउनु भयो ।
प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिका, छिमेकी नगर तथा गाउँपालिका, नीजि विद्यालयहरु, विभिन्न उद्योगी व्यवसाही, समाजसेवी लगायतबाट रकम संकलन गरेर खर्च जुटाउने योजना रहको जानकारी गराएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.