Websoft University

नेपाल मौरी पालक महासंघ जिल्ला शाखा मोरङको १० औं साधारसभा तथा अधिवेशन सम्पन्न!

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा रहेको मोरङ नेत्रहीन संघको सभाहलमा  नेपाल मौरी पालक महासंघ जिल्ला शाखा मोरङको १० औं साधारसभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ। 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले मौरीबाट नै मानवले प्रत्यक्ष रुपमा लाभ लिएको औल्याउँदै मौरी बिना मानव जीवन असम्भव रहेकोमा जोड दिइन्। नेपाल मौरी पालक महासंघ मोरङको १०औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। हरेक दृष्टिकोणले मौरी मानव जीवनसँग गाँसिएकाले मौरी पालनतर्फ लाग्न कृषकहरुलाई आग्रह गर्दै मह उत्पादनमा स्थानीय साथै संघिय सरकारले जोड दिनु पर्ने उनले बताएकी छिन्।  


साधारणसभामा नेपाल मौरी पालक महासंघकी केन्द्रिय उपाध्यक्ष देवी दाहालको प्रमुख आतिथ्यता , नेपाल मौरी पालक महासंघ मोरङका अध्यक्ष बोधराज खतिवडाको सभापतित्व र नेपाल मौरी पालक केन्द्रिय सहकारी संघकी उपाध्यक्ष जानुका थापाको विशिष्ठ आतिथ्यता रहेको थियो।    साधारण सभाको अवसरमा सृजनशीलताका साथ मौरी पालन गरेकोमा  यस क्षेत्रमा अझ बढी काम गर्ने हौसला मिलोस् भनी महिला उद्यमीको रूपमा जानुका थापा र लगनशील किसानको रूपमा दल बहादुर मगरलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो।कार्यक्रममा सम्मानित जानुका थापाले  खुशी व्यक्त गर्दै यो व्यवसायलाई अझ सशक्त रुपमा अघि बढाउनुपर्ने बताउँदै यसलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेकी थिइन्।

त्यसैगरी कार्यक्रममा नेपाल मौरी पालक महासंघका अध्यक्ष खतिवडाले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रम सचिव रोशन पाठकले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.