Websoft University

स्वाभिमान नेपालको पहिलो कार्यक्रम जेष्ठ नागरिक सम्मानका साथै महिला उद्यमशिल तालिम !

 


शिव भट्टराई मोरङ बैशाख १६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित इन्द्रपुर सहकारी संस्था लि को सभाहलमा  विभिन्न कार्यक्रम गर्दै 'स्वाभिमान नेपाल' संस्थाको उद्घाटन गरिएको छ। संस्थाको उद्घाटनको क्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आज बिहीबारबाट ७ दिने महिला उद्यमशील तालिम सुरु गरिएको छ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले कार्यक्रममा बोल्दै स्वाभिमान नेपालले सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद  दिनु भएको  थियो । संस्थाले समाजमा भइरहेका विकृति विसंगतिका विरुद्ध सचेतना र पिछडा वर्गका महिलाहरुलाई उद्यमशील तालिम गरेर उद्यमी बनाउने छ भन्ने विश्वास लिँदै नगरको तर्फबाट सकेको सहयोग गर्न तयार रहेको बताएका छन्।

सोही क्रममा उनले आफ्नो कार्यकाल भित्र रहुन्जेल सुन्दरहरैंचामा जेष्ठ नागरिक वृद्धा आश्रम खोल्न नदिने समेत बताएका छन्।
 संस्थाकी अध्यक्ष गोमा खड्का कोंग्रेनको सभापतित्व, साथै समाजसेवी ललित बहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यता रहेको थियो।

कार्यक्रममा ७ दिने महिला उद्यमशील तालिम अन्तर्गत बेहुली जुत्ता बनाउने तालिममा प्रशिक्षक मालती आचार्यले प्रशिक्षण दिने छिन्। कार्यक्रममा ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक तिलक बहादुर बुढाथोकी, तीर्थराज पराजुली, दिल कुमारी तामाङ, यसोदा कुमारी धमला, पवित्रा दाहाल,पुष्पराज घिमिरे लगायत जम्मा ६ जना बुवा आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।  

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सृजना खड्काले स्वागत मन्तव्य राखेकी थिइन्।

त्यसैगरी कार्यक्रममा उपस्थित अतिथि समाजसेवी महिला अभियन्ता अनिता ज्ञवाली, निरु बजगाईं,मनु तामाङ, देवी माया ढकाल,तारा बस्नेत, राम प्र गजुरेल, साजन मिया लगायतले यस संस्थाले आगामी दिनहरूमा अझै सामाजिक कार्यहरु गर्दै अगाडि बढोस् भन्दै शुभकामना व्यक्त गरेका थिए भने सो कार्यक्रम संस्थाका सचिव देवचन्द्र घिमिरेले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.