Websoft University

गृहमन्त्रालयको निर्देशन– निषेधाज्ञा कडाइका साथ पालना गराउने


काठमाण्डौ बैशाख १७ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा कडाइका साथ निषेधाज्ञा पालना गराउन गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । 

हिजो पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गराउन निर्देशन दिइएको गृह प्रवक्ता जनकराज दाहालले बताउनुभयो । मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् ।  कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञाको आदेश जारी भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा निषेधाज्ञाको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई हिजो होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ । ठाउँठाउँमा टोली परिचालन गरी सवारीसाधनको जाँचमा कडाइ गर्ने कार्य आज पनि कायम रहने हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.