Websoft University

बेलबारीमा बाली उपचार शिविर संचालनमा : किसानहरु उत्साहित

 


बेलबारी मोरङ बैशाख  १६ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाले बिहीवारदेखि बाली शिविर संचालन गरेको छ।बेलबारी न पा वडा नं  ५ को रामपुरमा ७० भन्दा बढी किसानहरुले ल्याएका खाद्यान्न बाली,तरकारी,फलफूलहरुको परिक्षण गरिएको र कृषकहरुले लगाएको बिरुवा तथा बालीमा किरा लाग्ने,फलफूल पाक्नुअघि नै झर्ने,बाली नसप्रने आदि समस्या पहिचान गरि समस्या निदान गर्न बाली शिविर संचालन गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख बिनोद दाहालले बताए। 

 शिविरमा खाद्यान्न बाली,तरकारी, फलफुल लगायतमा लाग्ने रोग तथा किराहरुको पहिचान, रोकथाम, नियन्त्रण विधि तथा परामर्श प्रदान गरिने र रोग निदानका उपायहरु खोजेर कृषकहरुलाई परम्परागत रुपमा जीविकोपार्जनको लागि अपनाउदै ल्याएको कृषि कार्यलाई आयआर्जन र व्यवशायिकता तर्फ अग्रसर बनाउन उक्त सिविरले सहयोग पुग्ने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।

`रासायनिक मल तथा विषादिको अनियन्त्रित प्रयोगका कारण नयाँ नयाँ रोग तथा किराको प्रकोपले कृषि उत्पादनमा थप चुनौती छ। यसको समाधान गर्न नगरपालिका जिम्मेवार भइ काम गरिरहेको छ।´-उपप्रमुख पराजुलीले भनिन्।

कृषि अनुसन्धान केन्द्र तरहराका बैज्ञानिक किशोर भन्डारीसहित पालिकाका कृषि प्राविधिकहरुले शिविरमा सहजीकरण गरेको नगरपालिकाले बताएको छ। शिबिरमा विशेष गरि मकै बालीमा फौजी किराको प्रकोप ज्यादा पाइएको छ भने चैते धानमा समेत गबारोको आक्रमण  पाइएको प्राबिधिकको भनाइ छ ।त्यस्तै तरकारी खेतिमा औसा, गबारो, डढुवा, लगायतका रोग र किराको समस्या भेटिएको छ। यसका अतिरिक्त आँप तथा लिचिमा फुल तथा फल झर्ने समस्या पनि बहुसंख्यक किसानको सझा समस्या रहेको कृषि अनुसन्धान केन्द्र तरहराका बैज्ञानिकले बताए।शिविर बेलबारीका विभिन्न वडाहरुमा ५ दिनसम्म संचालन हुनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.