Websoft University

९६ वेडको कोभिड अस्पताल सञ्चालन हुने

 


विराटनगर, १७ चैत । रातो तारा डट कम, प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । 


प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताउनुभयो । उहाँले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताउनुभयो । उहाँले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको बताउनुभयो । मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमा पनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिईसकिएको बताउनुभयोे । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवस्यक देखिएको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको बताउनुभयो । उहाँले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताउनुभयो । कोभिड अस्पतालको लागि आवस्यक जनशक्तिको व्यवस्थापन भईसकेको उहाँले बताउनुभयो । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईले बताउनुभयो । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको उहाँले बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.