Websoft University

कोभिड अस्पतालको सेवा विश्वसनिय होस् ः मन्त्री राई

 


विराटनगर, १६ वैशाख । रातो तारा डट कम,प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनिय सेवा दिने गरि काम गर्न आग्रह गर्नुभएको छ । 

निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ अस्पतालमा भर्ना भएकाहरुबाट गुनासो नआउने गरि काम गर्नुहोस् ।’ सामाजिक विकास मन्त्रालयमा आज  कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उहाँले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस संक्रमित र तिनका परिवारमा परोस् ।’ प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोली देखि संक्रमितको उपचार शुरु गरिने बताउँदै उहाँले आवस्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिनु भएको छ । उहाँले भन्नुभयो,‘ आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या छैन ।’ उहाँले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिनुभएको छ । उहाँले विरामीलाई औषधिको पनि कमी नहुने गरि व्यवस्थापन गर्न निर्देशन दिनुभएको   छ । 

कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा रहेको बताउनुभयो । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल लगायतको उपस्थिति रहेको थियो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.