Websoft University

सुन्दरहरैंचा नगरपालिकाद्वारा किसानलाई बोयर बाख्राका पाठी वितरण!

 


शिव भट्टराई, मोरङ बैशाख १५ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिकामा बाख्रा पालन गर्दै आएका किसानलाई बोयर बाख्राका पाठी वितरण गरिएको छ।


मंगलबार वडा नं ८ सलकपुरमा रहेको ओम् एग्रो कृषि फार्ममा सुन्दरहरैंचा नगरपालिका पशुपंक्षि प्रवर्धन शाखा विराटचोकको आयोजनामा बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा बोयर पाठी वितरण गरिएको हो। 


कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता र सुन्दरहरैंचा बाख्रा पकेट विकास मुल समितिका अध्यक्ष एन कुमार गिरीको सभापतित्व रहेको थियो। कार्यक्रममा बोल्दै ढकालले बाख्राको उत्पादनका हिसाबले , मासु जन्य पदार्थको उत्पादनका लागि आत्मनिर्भर बनाउन यस कार्यक्रमले सहयोग पुर्याउने बताएका छन्।त्यसैगरी देशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानिय सरकार तथा संघिय सरकारले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै कृषि क्षेत्रमा मिहिनेत गरे विदेशिनु नपर्ने उनले बताइन्। सुर्खेत र महेन्द्रनगरबाट ल्याइएका ८० वटा पाठी वितरण गरिएको पशुपंक्षि शाखाले जनाएको छ। जम्मा १ सय जनालाई बाख्रा वितरण गरिने भए पनि पहिलो चरणमा ८० वटा बाख्रा वितरण गरिएको पशुपंक्षि शाखाका प्रमुख जीवन चापागाइँले बताए। 

१५ लाख रुपैयाँ परियोजनाको र १५ लाख रुपैयाँ लागत साझेदारीमा उक्त बाख्रा वितरण गरिएको हो भने कार्यक्रम पशुपंक्षि शाखाका कर्मचारी किशोर कुमार कार्कीले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.