Websoft University

भारतमा कोरानाबाट मर्नेको संख्या २ लाख नाघ्यो


काठमाण्डौ बैशाख १५  गते । रातो तारा डट कम,भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जादा शव जलाउने स्थानको कमी हुन थालेको छ । भारतका विभन्न सञ्चार माध्यमहरुले भारतमा कोरोनाका कारण मृत्यु हुने दर बढेसँगै शव जलाउने ठाउँको अभाव हुँदा मानिसहरु घन्टौ कुर्नुपर्ने अवस्था उत्पन्न भएको लेखेको छ । 

यसैबीच, भारतमा लगातार सातौंदिन ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ लाख ६२ हजार ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय ३७ पुगेको छ । हालसम्म भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै १ करोड ४८ लाख ७ हजार ७ सय ४ जना स्वस्थ भइसकेका छन् ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.