Websoft University

काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्ने बिषयमा छलफल हुने


काठमाण्डौ चैत १५ गते । रातो तारा डट कम, वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै,नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच कस्तो गठबन्धन गर्ने भन्ने बारेमा बैठकले आज निर्णय लिन सक्ने अडकल लगाइएको छ । केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यहरूले गठबन्धनको पक्षमा र बिपक्षमा आफना धारणाहरु ल्याइरहेकाले यसै बिषयमा छलफल हुने बताइएको छ । केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले भने आफू गठबन्धन गर्न नहुने पक्षमा रहेको बताउनुभएको छ भने महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताएका छन । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने चुनावी गठबन्धनको पक्षमा जोड दिएको बुझिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.