Websoft University

विराटनगर महानगरले प्रकाशित गरेका दुई पुस्तकको विमोचन


विराटनगर चैत १४ गते । विराटनगर महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक एक भव्य समारोहका बीच सोमबार विमोचन गरिएको छ । 

वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित ‘ऐतिहासिक विराटनगर’ र प्राज्ञ विवश पोखरेलद्वारा सम्पादित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृति ग्रन्थ’ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. गोपाल भण्डारी, महानगरका मेयर भीम पराजुली, पूर्वमेयर रामकृष्ण भट्टराई, प्राज्ञ गंगा सुवेदी, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारीले महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक विराटनगरको मात्रै नभएर नेपालकै वाङ्मय क्षेत्रको सम्पत्ति भएको बताए । “आज जुन दुईवटा पुस्तक विमोचन भएको छ, यी पुस्तक विराटनगरको मात्रै होइन समग्रमा नेपाली वाङ्मय क्षेत्रकै सम्पत्ति हुन्,” भण्डारीले भने, “महानगरपालिकाले ऐतहासिक काम गरेको छ ।” 

त्यस्तै कार्यक्रममा प्राज्ञ गंगा सुवेदीले ऐतिहासिक पुस्तक प्रकाशित गरेर विराटनगर महानगरपालिकाले महत्वपूर्ण कार्य गरेको बताइन् । ऐतिहासिक विराटनगर पुस्तकका लेखक प्राज्ञ दधिराज सुवेदीले पुस्तकभित्र धेरै क्षेत्रको इतिहासलाई उजागर गरेको दाबी गरे । उनले नेपालकै पहिलो अस्पताल कोशी अस्पताल भएको प्रमाणसहित पुस्तकमा प्रस्तुतगरिएकोबताए । आफूले रात–दिन मेहनत गरेर पुस्तक लेखेको उनले बताए । बालकृष्ण स्मृति ग्रन्थका सम्पादक प्राज्ञ विवश पोखरेलले वरिष्ठ स्रष्टालाई जीवन्त राख्न महानगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले सबैको साथ र सहयोगले आफूले कुशलतापूर्वक सम्पादकको भूमिका पूरा गरेको जनाए । 

समारोहमा महानगरपालिकाका मेयर भीम पराजुलीले पुस्तक विराटनगरका लागि इतिहास भएको बताए । उनले समग्रमा पुस्तकले विराटनगरको परिचय दिएको दाबी गरे । “दुईवटै पुस्तक अब विराटनगर महानगरपालिकाको सम्पत्ति हो,” उनले थपे, “महानगरमा आफू आएसँगै भौतिक पूर्वाधारसँगै भाषा, साहित्य, कला, संस्कृतिको विकासलाई उत्तिकै महत्वका साथ अगाडि बढाएँ । जसको उदाहरणका रुपमा यिनै पुस्तकलाई लिन सकिन्छ ।” 

कार्यक्रममा वडाध्यक्ष मीकुमार आचार्य, विराटनगरका पूर्वमेयर रामकृष्ण भट्टराई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, पुस्तकका लेखक महानगरको सामाजिक शाखा प्रमुख पुनम दाहाल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले मन्तव्य व्यक्त गरेका थिए । ऐतिहासिक विराटनगर पुस्तकभित्र विराटनगरको आर्थिक, सामाजिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक विषयलाई उठाइएको छ भने प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थमा भाषाशास्त्री बालकृष्ण पोखरेलका बारेमा लेखिएका लेख रचना समेटिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.