Websoft University

प्रदेश नम्बर १ स्तरीय तेक्वान्दो प्रतियोगितामा तिनपैनी तेक्वान्दो डोजाङ विजयी

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा भएको २ दिने प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगितामा आयोजक टिम तिनपैनी तेक्वान्दो डोजाङ विजयी भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा भएको प्रतियोगितामा १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।


तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका थिए भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा भएको थियो ।


शनिबार भएको फाइनल खेलमा आयोजक तिनपैनी तेकान्दो डोजांगले ९ स्वर्ण, २ रजत र १ कास्य हात परेका छन् भने सुनसरीले ३ स्वर्ण र मोरंगले २ रजत र ४ कास्य हात पारेको तिनपैनी तेक्वान्दो डोजाङका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन्। त्यसैगरि प्रथम हुने जिल्लाले १५ हजार ५ रुपैयाँ , दोश्रो हुनेले १० हजार ५ रुपैयाँ र तेश्रो हुनेले ५ हजार ५ रुपैयाँ प्राप्त गरेका छन्।

उत्कृष्ट रेफ्रीमा बिमल गुरुङ घोषित भएका छन् भने उत्कृष्ट खेलाडी पुरुष तर्फ मनिस तामाङ र महिला तर्फ पवित्रा श्रेष्ठ घोषित भएका छन्। कार्यक्रममा नगर प्रमुख शिव प्रसाद ढकालले पुरस्कार बितरण गर्दै खेल क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाले बजेट बिनियोजन गर्दै खेलाडीको मनोबल गिर्न नदिने र यस्ता खेलकुदका कार्यक्रम स्वास्थ्य जीवन र राष्ट्रिय स्तरलाई चिनाउन ठुलो टेवा पुग्ने बताए।

शुक्रबार सुुरु भएको प्रतियोगिताको  समापन कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष जिवन ढुंगाना, नेपाली कांग्रेस सुन्दरहरैंचा वार्ड नं ४ का वडा सभापति साथै सामाजिक व्यक्तित्व कैलाश बस्नेत, नेपाली कांग्रेस वार्ड नं ५ का वडा सभापति घनश्याम न्यौपाने लगायत विभिन्न सामाजिक साथै राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.