Websoft University

आरक्षणका लागि वैश्य समाज उत्थान संघर्ष समितिको माग


विराटनगर, १२ चैत । आउँदो स्थानिय निर्वाचनमा आरक्षणका लागि वैश्य समाज उत्थान संघर्ष समितिले आफ्नो समाजलाई जनसंख्याका आधारमा स्थान माग गरेका छन् । वैश्य समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा उठान गरिएको हो ।

वैश्य समाज उत्थान संघर्ष समितिले वैश्य समुदायको आत्मासम्मान र प्रतिष्ठाको लागि राजनितिमा पहुँच शिक्षामा छात्रावृतिमा पहल, वैश्य आयोग गठन, जनसंख्याको आधारमा आरक्षण तथा हरेक राजनिति दलहरुले वैश्य समाजका प्रतिनिधिका रुपमा उम्मेदवार बनाउन र समानुपातिक रुपमा सिटको व्यवस्था गर्न माग गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा काँग्रेसका राजेश गुप्ता, एमालेका सागर थापा,माओवादीका शिवकुमार मण्डल जसपाका राजकुमार यादव, लोसपाका मो.कादिर लगाएतका राजनितिक दलका प्रतिनिधिहरुले वैश्य समाज उत्थान संघर्ष समितिका मागहरु केन्द्रिय कमिटि र सरकारबाट अनुमोदन गराउने प्रतिवध्दता जनाएका छन् । वैश्य समुदायका माग प्रति ध्यानाकर्षण गराउन उक्त अन्तरक्रिया कार्यक्रम गरिएको संयोजक शंकर प्रसाद रौंनियारले बताउनु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.