Websoft University

भानु कला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ९ जना सम्मानित


विराटनगर चैत १२ गते । रसतो तारा डट कम, वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय चर्तुभुज आशावादीको ७८ जन्मजयन्तीको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । 

कलासंस्कृति, पत्रकारिता तथा साहित्यको क्षेत्रमा समर्पित व्यक्तिहरुलाई सम्मान गर्नुका साथै जातीय सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको छ । भानु कला केन्द्रले आयोजना गरेको कार्यक्रमका बीच ९ जनालाई सम्मान गरिएको हो । कार्यक्रमकाबीच साहित्यकार डाक्टर सतिशचन्द्र शर्मा, सुमन पोखरेल र करुणा झालाई भानु पदकबाट सम्मान गरिएको थियो । यस्तै राधिका गुरागाईलाई भानु साहित्य सम्मान, पत्रकार बेदराज पौडेललाई भानु पत्रकारिता सम्मान, संगीत तथा नाट्यको क्षेत्रबाट वीरबहादुर गुरुङलाई आशावादी सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस्तै साहित्यकार ज्ञानप्रकाश उपाध्याय, वरिष्ठ समाजसेवी मिलन राई र कवि लक्ष्मण नेवटियालाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद अमनलाल मोदी तथा भानु कला केन्द्रकी अध्यक्ष माया पौडेलले उहाँहरुलाई सम्मान प्रदान गरे । सो अवसरमा नेपाल तामाङ घेदुङ, मुस्लिम समाज, विराट राजवंशी समाज, किराँत याक्थुम चुम्लुङ, नेवारी भाषा संस्कृति परिवार, किराँत याक्खा छुम्मा महानगर कमिटीलगायतले आ–आफ्ना जातीय पोशाक लगाएर धर्मसंस्कृतिअनुसारको नृत्य प्रस्तुत गरेका थिए । भानु कला केन्द्रले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको आयोजक संस्थाका सहसचिव प्रचण्ड पौडेले जानकारी दिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.