Websoft University

अंग्रेजी माध्यम र प्राविधिक शिक्षामा सुधार भए विराटनगरका सामुदायिक विद्यालय


विराटनगर । रातो तारा डट कम, जनप्रतिनिधि नेतृत्वमा आएपछि विराटनगर महानगरपालिकाले पछिल्ला वर्ष शिक्षा क्षेत्रमा लोभलाग्दो प्रगति हासिंल गरेको छ । भौतिक पूर्वाधार महानगरले दाबी गरेको छ । 


योजनागत कदम अघि बढाएकै कारण शैक्षिक क्षेत्रमा चालिएका धेरै प्रयास सार्थक बन्न पुगेको विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताएका छन् । “धेरै विद्यालयहरुमा तल्लो कक्षाबाटै अंग्रेजी माध्यममा पढाउन शुरु गरिएको छ । यसले निजी क्षेत्रका विद्यार्थीहरुलाई सामुदायिक विद्यालयतर्फ आकर्षित गर्न बल पुगेको छ,” खतिवडाले भने,“आदर्श र पोखरिया माविले अंग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन । त्यहाँ बर्सेनि निजी विद्यालय छाडेर सामुदायिकमा भर्ना हुन प्रवेश परीक्षा दिने विद्यार्थीको घुइँचो नै लाग्ने गरेको छ ।” विद्यालयको संरचना निर्माण गर्नेमात्र नभएर महानगरले गुरुकुल र मदरसामार्फत हुने पठन पाठनलाई समेतलाई सुधार गर्न काम भएको खतिवडाले सुनाए ।

शैक्षिक लक्ष्य प्राप्ति गर्न अंग्रेजी माध्यमबाट कक्षा संचालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको संख्या घट्दो अवस्थामा पुगेको र विराटनगरको आदर्श विद्यालय यो क्षेत्रकै उदाहरण बन्न पुगेको विद्यालयका पूर्वप्राचार्य विष्णुप्रसाद लामिछानेले सुनाए । भने,“आदर्शमा तल्लो तहमा मन्टेश्वरी विधिबाट पढाई हुन्छ । माथिल्लो कक्षामा कम्प्युटर प्राविधिकतर्फको अध्यापनलाई समेत व्यवस्थित गरिएको छ ।” आदर्शमा मात्र अहिले दुई हजार हाराहारी विद्यार्थी पढ्ने गरेका छन । पोखरियामा पनि उत्तिकै विद्यार्थीको आकर्षण रहेको बताइन्छ ।

विराटनगरको महेन्द्र माविले नयाँ भौतिक संरचनासहित कम्प्युटर शिक्षालाई जोड दिएको छ । अडियो भिजुअल कक्षालाई अगाडि बढाएपछि निजी जत्तिकै गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधार उपभोग गरी पठन पाठन गराउन सकिएको प्राचार्य चन्द्रप्रसाद साहले बताएका छन । “कोभिडका कारण दुई वर्ष हामीलाई केही कठिनाई भयो तर विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न हामीले गरेको काम सार्थक बन्न पुगेको छ,” उनले भने । विद्यार्थी दिनेश मण्डलले सरकारी विद्यालयमै सहज ढंगले आफूहरुले कम्युटर सम्बन्धी शिक्षा लिन पाएको बताएका छन् । भने,“मलाई पहिलेदेखि नै आईटी सम्बन्धी पढ्न मन थियो । निजीमा महंगो शुल्कको कारण समस्या भर्ना हुन सकिन तर सरकारी विद्यालयमै त्यही कक्षा पढ्न पाइने भएपछि यतै आएँ ।”

विराटनगरको जनता मावि परिसरमा वहुप्राविधिक शिक्षालय शुरु भएको विराटनगरका मेयर भीम पराजुलीले बताएका छन । यसबाट प्राविधिक शिक्षामा विपन्नको समेत पहुँच पुगेको दाबी गर्दै उनले भने,“यो पाँच वर्षको अवधिमा हामीले शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्नुको साथै हामीले शिक्षाको गुणस्तर सुधार गर्नको लागि समेत काम गरेका छौं । यसको परिणामसमेत देखिन शुरु भएको छ ।” 

विद्यालयहरुले समावेशी शिक्षालाई जोड दिंदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठन पाठन गरिरहेको पराजुलीले बताए । धेरै विद्यालयमा खेल सामग्रीसहितका बाल कक्षा संचालन गरेर खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीको संख्या बढाउन थप सहयोग पुगेको बताए । भने,“मैले मेरै पारिश्रमिक हस्तान्तरण गरेर दुईवटा आधारभुत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेको छु । यसबाट सिमान्तकृत समुदायका विद्यार्थीलाई विद्यालयसम्म ल्याउन बल पुगेको छ ।” उनले नगरक्षेत्रकै थप आधारभुत विद्यालयमा पनि नियमित अनुगमनले गरी शैक्षिक गुणस्तर सुधारमा सहयोग गरेको सुनाए । पोखरिया माविको नयाँ भवन निर्माणको कामले गति लिएको र धेरै विद्यालयमा यातयात साधान व्यवस्थापनमा समेत महानगरले काम गरेको उनको दाबी छ । 

सुशिक्षा निकुंज आधारभुत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेलले महानगरले आधारभुत विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्न गरेको काम निकै सकारात्मक भएको बताए ।  भने,“कतिपय द्यिालयहरुमा भने शिक्षक कर्मचारी दरबन्दी मिलान र मागको आपूर्तिको तादम्यता मिलाउन अझ मिहीन ढंगले काम गर्न जरुरी छ ।” खेल सामग्रीको व्यवस्थापनमा समेत अझ बढी ध्यान दिनुपर्ने पोखरेलले सुनाए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.