Websoft University

रुद्र–गौरी प्रतिष्ठानद्वारा पाँच लाखको पुरस्कारको राशीसहित पाँच पुरस्कृृत हुँदै


झापा, १५ चैत । रातो तारा डट कम, झापाको भद्रपुरस्थित रुद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँच जना पुरस्कृत हुने भएका छन् ।

प्रतिष्ठानले यस वर्ष पाँच लाख रुपैयाँ पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । प्रतिष्ठानले बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गरी उनीहरुलाई पुरस्कृत गर्ने उनले बताए । ‘नवौं संस्करणको पुरस्कार वितरण गर्न लागेका छौँ’, उनले भने, ‘यस वर्ष पाँच लाख रुपैयाँको एउटा पुरस्कार समेत थप भएको छ ।
प्रतिष्ठानले विसं. २०६७ सालदेखि कृषि, साहित्य÷ पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा नवौं वर्षको यात्रा तय गरिरहँदा रू ५ लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ समेत थप गरेको हो ।
पहिलो पटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रज्ञान पुरस्कारबाट हिमालय शम्शेर जबरा पुरस्कृत हुने भएका छन् । नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गर्नुका साथै नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पु¥याएवापत उनलाई उक्त पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ र ‘चन्द्रागिरी मेशिनरी उद्योग’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पुरस्कार राशी एक लाख एक हजार १११ रुपैयाँ रहेको छ । कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो ।
फाउण्डेशन संस्थापक अध्यक्ष कृषि विज्ञ श्री मदन राईको अग्रसरतामा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत ७ वर्ष देखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत क्रियाशील छ । यस्तै, संस्थापक अध्यक्ष श्री गो विन्द भक्त श्रेष्ठको नेतृत्वमा सञ्चालित उद्योगले सानादेखि ठूला कृषि औजार उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पु¥याउँदै आएको छ ।
त्यसैगरी, गौरादेवी स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार काठमाडौं निवासी श्री युवती खड्का केसीलाई प्रदान गरिने भएको छ । उनलाई अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरुको आर्थिक सशक्तिकरण योगदान वापत राशी एक लाख एक हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।
यस्तै, अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यस वर्ष विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताए । पुरस्कार राशीकोरु.एक लाख एक हजार १११ रहेको छ ।
‘रूद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो ।
वि.स. १९८८ श्रावण १६ गते तेह्रथुम आठराई, छातेढुङ्गा गा.वि.स. वडा नं. ६, होडागाउँमा पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्रको रूपमा जन्मिएका समाजसेवी श्रीप्रसाद ओलीको अग्रसरता तथा प्रेरणा साथै उहाँका परिवारबाट स्थापित प्रतिष्ठानको प्रमुख उद्देश्य समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजमा उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्नु रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.