Websoft University

इटहरीमा तिव्र विकास,आधुनिक फोहोर प्रशोधन केन्द्र उदघाटन


इटहरी । रातो तारा डट कम,  इटहरीमा फोहोरवाट मोहोर वनाउन थालिएको छ । इटहरी वडा नम्वर १०मा आधुनिक फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याएर फोहोरवाट मोहोर वनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको हो । प्रशोधन केन्द्रको प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो ।

इटहरी उपमहानगरपालिका,वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेन्स्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो । केन्द्र संचालनका लागि वैकल्पिक उर्जा प्रर्वधन केन्द्र मार्फत विश्व वैकंको ६० प्रतिशत अनुदान र वेन्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा,त्यहाँ सम्म पुग्ने कालोपत्रे वाटो र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।

केन्द्रको प्रत्येक दिन आठ सय केजी  सम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सडने फोहोरवाट मात्र ग्याँस उत्पादन हुन्छ । नसडने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्रि गरिन्छ । प्रशोधन केन्द्रको उदघाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गर्नुभयो । सम्वृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउदै इटहरीको फोहोरमैलाको उचित ब्यवस्थापन हुन थालेको भन्दै प्रशंसा गर्नुभयो । प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा रहेको वताउनुभयो । नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको वताउनुभयो । गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरवगर्न लायक कार्य सम्पन्न भएको जनाउनुभयो । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी,वडासदस्य राम नारायण चौधरी, वेन्ट इन्भाइरो एण्ड म्यानेजमेन्टका प्रवन्ध निर्देशक मोहन भण्डारी,मानध्वज मोक्तान लगायत वोल्नुभयो । केन्द्र संचालनमा नेपाल वंगलादेश वैकको वित्तीय सहयोग रहेको जनाइएको छ । यसैबिच आजै इटहरी उपमहानगर वडा नम्वर ७ स्थित वहुवर्षे सडकको उदघाटन गरिएको छ । विभिन्न खण्डगरि करिव तीन किलोमिटर कालोपत्रे सडकको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा सम्वोधन गर्दै उहाँले इटहरी उपमहानगरका प्रमुख चौधरीको नेतृत्वमा भएको विकास निर्माण कार्यको प्रशंसा गर्नुभयो । प्रदेश सांसद लिलम वस्नेतले वडा नम्वर ७ लाई पनि जोडने गरि प्रदेशसरकार द्वारा प्रदेश गौरवको सडक योजना संचालनभएको स्मरण गराउनुभयोे । नगरप्रमुख द्वारिकलाल चौधरीले टुक्रे योजना वाट दु्रत विकास नहुने देखेर तीन वर्षको वजेट जोहो गरि वहुवर्षे सडकनिर्माण गरिएको वताउनुभयो । उदघाटन कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष नर वहादुर राई र वडासदस्य देव नारायण चौधरी लगायत वोल्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.