Websoft University

भुल्के क्षेत्रमा थ्रोट (स्वाब) परिक्षण सामान अभावले अवरुद्ध


श्याम राई,उदयपुर-गाईघाट बैशाख १६ गते । रातो तारा डट कम,भिटिएम(भाईरल ट्रान्सपोर्ट मिडिया ) अभावमा कोरोना संक्रमण फैलिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रमा थ्रोट (स्वाब) परिक्षण अवरुद्ध भएको छ ।


१ नम्बर प्रदेसबाट कोरोना संक्रमीत क्षेत्र उदयपुरको लागि पठाएको १०० थान भिटिएम मध्ये ५ थान मुख्य मंत्री शेरधन राईले शनीबार भोजपुर लिएर गएपछि बाकी रहेको ९५ थान मध्ये ९१ थान प्रयोग भैसकेको छ । संक्रमीत क्षेत्रको बासिन्दाको स्वाब परिक्षणमा पर्याप्त भिटिएम नहुँदा मंगलबार देखि नमूना संकलन कार्य अवरुद्ध भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।‘

परिक्षणको लागि आवश्यक सामाग्रीको अभाब भएकोले मंगलबारदेखि स्वाब संकलन गर्ने कार्य रोकिएको छ ।’ उनले भने,‘ ति सामाग्रीहरु प्रदेस सरकार संग माग गरिएको छ । तर अझै आएको छैन ।’ उनले भने ।

भुल्के मस्जिद आसपासका क्षेत्रका ३ सय ३७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ महिला सहित २८ जना कोरोना संक्रमीत भेटिएको थियो । सोही स्थानमा छुटेका थप ८ जनाको सोमबार स्वाब संकलन गरिएको प्रमुख सुवेदीले बताए । संक्रमीतसँग प्रत्यक्ष सम्पर्कमा आएका ५ जना, सप्तरीका १ जना, स्वास्थ्यकर्मी एक जना र तरकारी पसलले गरि ८ जनाको स्वाब परिक्षण गरिएको हो । 

भुल्के मस्जिद र आसपासको बस्ती क्षेत्रमा झण्डै १ हजार ५ सय बढी जनसंख्या रहेकोमा त्यस मध्ये ४ सय ३५ जनाको मात्र परिक्षण गरिएको छ । भुल्के र मोतिहाईस्थीत औषधी पसल, दुधडेरी, खाद्यन्न पसल र अन्य केही वडाबाट आईतबार र सोमबार ९१ जना को स्वाब परिक्षणको लागि विराटनगरस्थीत कोशी अस्पताल विराटनगरमा पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका गाईघाटका मेयर बलदेव चौधरीले संक्रमीत क्षेत्रमा परिक्षण सुस्त गतीमा भैरहेकोले आवश्यक सामाग्रीको व्यावस्था गरेर विशेषज्ञ टोली खटाउनु पर्ने बताए ।
‘ अहिले स्वास्थ्य सामाग्रीको अभावले परिक्षणको काम सुस्त गतीमा छ । मैले प्रदेस र केन्द्र सरकारसँग पटक, पटक मागर गरेको छु । तर कुनै सुनुवाई भएको छैन ।’ उनले भने । ‘परिक्षणमा ढिलाई हुँदा थप जोखिम बढ्ने संभावना छ ।’ उनले विदेशबाट आउने को सबै वडासँग समन्वयगरि तथ्याकं संकलन गरिएको बताए ।

फागुन ३० देखि चैत्र १ गतेसम्म विभिन्न मूलुकबाट आएकाको संख्या २ सय ८३ जना रहेको उनले बताए ।‘ ति सबैको स्वास्थ्य जाच गर्ने तयारी सुरु गरेको पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. विर वहादुर बुढामगरले मस्जिद र सँगै बस्ती रहेको क्षेत्रमा सिल यथावत रहेको बताए ।‘ बस्तीमा थप नमूना संकलन गर्ने तयारी भैरहेको  छ । उनले भने ।




                                                     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.