Websoft University

भक्तपुरमा नयाँ मानिस प्रवेश गर्न नदिन स्थानियले बाटो बन्द गरे,केहि ठाउमा चै आज तगारो हटाइयो


काठमाण्डौ बेशाख १६  गते । रातो तारा डट कम,भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न जिल्ला भित्रका विभिन्न बाटोहरु बन्द गर्न थालिएको छ ।

एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधन र प्रेस बाहेक अन्य सवारी साधन चलाउन नपाइने र स्थानीय भन्दा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नेगरी बाटो बन्द गराएका छन् । सूर्यविनायक नगरपालिकालको  शहरी स्वास्थ्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सबारी साधन आवत,जावतमा रोक लगाएको छ । 

सडकमा सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुको साथै सवारी साधन संचालनमा रोक लगाएकोछ ।  त्यसैगरी सूर्यविनायक नगरपालिकाको  कटुञ्जे लामडाँडा, भुजुटोल,  सान्थीपथ, शुशिला भैरबका स्थानीयले लकडाउनलाई उलघन गर्नेको संख्या बढेको भन्दै बाटो नै बन्द गराएका हुन् । यसैगरि चाँगुनारायण नगरपालिका ९ सुडालमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ ।
  
यस्तै मध्यपुरथिमि नगरपालिका  जुडिबुटीमा रहेको विपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाण्डौं र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयले तगारो राखेर आवतजावतमा रोक लगाएपछि बिरोध भएको छ । बिरोधका कारण आठदिनपछि प्रहरीको सक्रियतामा स्थानीयले उक्त तगारो आज हटाएर आवत जावतमा सहज बनाएका छन् । तर जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएकोमा वा सडक अवरोधले समस्या पर्यो भनेर उजुुरी नआएको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.