Websoft University

महासंघ र प्रेस काउन्सिल नेपालको-कोरोना संक्रमित जिल्लाको संयुक्त अनुगमनको प्रारम्भिक प्रतिवेदन


 काठमाडौ बैशाख १८गते । रातो तारा डट कम,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपालमा सबैभन्दा बढी २८ जनामा संक्रमित देखिएको प्रदेश नं.१ को उदयपुरसहित प्रदेश नं २ मा संक्रमण देखिएको पर्सा र बारा जिल्लाका पत्रकारहरुको अवस्थाको बारेमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले स्थलगत अनुगमन गरेको छ । महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा सम्मिलित टोलीले स्थानीय पत्रकारहरुसँग जिल्लाको समग्र अवस्थाको बारेमा अन्तरक्रियासमेत गरेको छ ।

अनुगमनका क्रममा ती जिल्लाका पत्रकारहरुले स्रोत साधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेको पाइयो । नेपालकै सबैभन्दा बढी संक्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारहरुले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा रिपोर्टिङ गरिरहेका छन् । पत्रकारहरुको स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरेको पाइएन । पारिवारिक दबाव र संक्रमणको खतरा मोल्दै जनतालाई सुसूचित गराउने दायित्वलाई उदयपुरका ञ्ंचारकर्मीहरुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको छ ।

महासंघ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोत साधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्याहरु व्यक्त गरेका थिए । जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका छन् । महासंघ उदयपुर जिल्ला अध्यक्ष भरत खड्का, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, भक्ति विरास पोखरेल, उदयपसर शाखाका पूर्वअध्यक्ष महेश्वर चाम्लिङलगायतका सञ्चारकर्मीहरुले जिल्लाको अवस्था र पत्रकारहरुले भोगिरहेका समस्याका बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

प्रदेश नं.२ को पर्सा र बाराका पत्रकारहरुसँगसमेत अनुगमन टोलीले छलफल गरेको छ । महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बाराका अध्यक्ष कमल उपाध्यायलगायतका सञ्चारकर्मीसँग टोलीले अन्तरक्रिया र छलफल गरेको छ । टोलीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीसँग भेटेर पत्रकारिताको समस्या र कोरोना नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल गरेको छ ।

साथै, अनुगमन टोलीले प्रदेश नं.३ को राजधानी मकवानपुरका पत्रकारहरुसँग समेत छलफल गरेको छ । महासंघ मकवानपुरका जिल्ला अध्यक्ष हरि हुमागाईसहितका पत्रकारहरुले जिल्लाको पत्रकारिताको अवस्था र कोरोना नियन्त्रणको प्रयासको बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

संक्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारहरुका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने देखिन्छ । स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य सामाग्रीलगायतको पूर्वसर्तकताका साधन तत्काल व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ ।

संक्रमित पुष्टि भएका जिल्लाका पत्रकारहरुका लागि तत्काल सुरक्षितढंगबाट काम गर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायसमक्ष टोलीको आग्रह छ । सञ्चारगृहहरुले पत्रकारहरुलाई नियमित पारिश्रमिक उपलब्ध गराउनुका साथै विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने देखिन्छ । स्वास्थ्य विमाको व्यवस्था, स्थानिय सञ्चारमाध्यमको सञ्चालनमा विशेष राहत र सहुलियतको  व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको छ ।
अनुगमनका क्रममा टोलीले स्थानिय सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु समेत वितरण गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.