Websoft University

जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन


बिराटनगर, बैशाख १७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्नु भएको छ ।

भिडियो कन्फ्रेन्स मार्फत मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्दैशन दिनुहुँदै वाहाँले बन्दाबन्दी (Lockdown) को पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा डिउटी खटाउने,पर्चा,पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लागी पर्न निर्देशन दिनु भयो ।

त्यसैगरी बन्दाबन्दी (Lockdown) को समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका  माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिनु भयो ।  

अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन पर्ने बताउनु भएको छ ।  साथै नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानूनको परिधिमा रहेर प्राप्त निर्दैशनलाई उच्च प्राथमिकतामा राखी शुन्य सहनशिलतामा रही काम गर्न निर्देशन दिनु भएको छ ।

बन्दाबन्दी (Lockdown) को अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिई काम गर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउन हुन समेत निर्देशन दिनु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.