Websoft University

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग


विराटनगर वैशाख १७ गते । रातो तारा डट कम, प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका
हुन । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार्य आरडिटी गर्नुपर्ने बताएका छन् । १४ दिने क्वारेन्टाईन अवधि सकिन लागेको भन्दै आरडिटीको दायरा बढाउन उनीहरुको माग छ । क्वारेन्टाईनमा बसेकाको संख्याको आधारमा किट पठाउन समन्वय समिति प्रमुखहरुले माग गरेका छन् । 

इलामका प्रमुख गणेश बरालले जिल्लामा आरडिटी किट अभाव भएको बताउनुभयो । आरडिटी किट अभावका कारण क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण गर्न नपाएको उहाँले गुनासो गर्नुभयो । इलाममा स्वास्थ्यकर्मी र औषधिको पनि अभाव भएको प्रमुख बरालले बताउनुभयो । 

झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटको अभावमा परीक्षण गर्न नसकीएको बताउनुभयो । झापामा भारत लगायतका विभिन्न देशहरुबाट ९ सय प्रवेश गरेको उहाँले बताउनुभयो । बाहिरीदेशबाट आएकाहरु अधिकांश होमक्वारेन्टाईनमा रहेकाले उनीहरुको आरडिटी अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो । आवस्यक किटको अभावमा परीक्षण हुन नसकेको उहाँले बताउनुभयो । बोर्डरको सुरक्षामा कडाई गरिएको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । 

ते¥हथुमका प्रमुख शिव ढुंगानाले बाहिरी जिल्लाबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरिएको बताउनुभयो । क्वारेन्टाईनमा राख्न थालिएपछि बाहिरी जिल्लाबाट आउने घटेको उहाँले बताउनुभयो । ते¥हथुममा ३ सय ७४ को आरडिटी गरिएको उहाँले बताउनुभयो । आरडिटी गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
 सुनसरीका प्रमुख गोपालराज भण्डारीले जिल्लामा आरडिटी किटको अभाव रहेको बताउनुभयो । 

आवस्यक किट नहुँदा क्वारेन्टाईनमा राखेकाहरुको परीक्षण गर्न नसकीएको उहाँले बताउनुभयो । सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाईएको जिसस प्रमुख भण्डारीले बताउनुभयो ।संखुवासभाका प्रमुख सुमन शाक्यले काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट जिल्ला प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको बताउनुभयो । संखुवासभामा स्वास्थ्यकर्मीको अभाव भएको उहाँले बताउनुभयो । 

ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले काठमाण्डौं र बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरुको अनिवार्य आरडिटी गर्ने गरिएको उहाँले बताउनुभयो । अहिले सम्म २ सय ३१ जनाको परीक्षण गरिएको उहाँले बताउनुभयो । परीक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । 

सामाजिक विकास मन्त्री घिमिरले हरेक जिल्लालाई दोश्रो चरणमा ३ सय ६० का दरले किट पठाईसकिएको बताउनुभयो । प्रकोप भएका जिल्लामा आवस्यकताका आधारमा थप किट पठाईने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले १४ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई शंकास्पद व्यक्तिको स्वाव संकलन गर्ने संवन्धिको तालिम दिईसकीएको बताउनुभयो । 

काठमाण्डौं लगायतका विभिन्न जिल्लाहरुबाट आएकाहरुलाई अनिवार्य  १४ दिन क्वारेन्टाईनमा राख्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने भएकाले अंश अंशका रुपमा खोलिने बताउनुभयो । वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.