Websoft University

अत्यावश्कीय आयोजनाहरु सञ्चालन गराउन सरकारलाई समितिको निर्देशन


काठमाण्डौ बेशाख १८ गते । रातो तारा डट कम,संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका र अत्यावश्कीय आयोजनाहरु सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको हिजोको बैठकले आयोजना सञ्चालन हुने स्थानमा सुरक्षित क्वारेन्टाइनको व्यवस्था गराइ आयोजना सञ्चालन गराउन निर्देशन दिएको हो ।

समितिका सभापति कल्याणी खड्काले लामो लकडाउनका कारण विकास निमार्णका आयोजनाहरु ठप्प भएकाले सुरक्षित व्यवस्था मिलाइ सुचारु गर्न आग्रह गर्नुभयो ।  यस्तै, सभापति खड्काले अतिविपन्न वर्गका मजदुरहरुलाई दिइने राहतको मापदण्ड तोकिनुपर्ने भन्दै कोरोनाको संक्रमणका कारण नेपाल आएका युवालाई रोजगारीको व्यवस्था गराउन समेत सरकारलाई आग्रह गर्नुभयो । 

विभिन्न स्थानमा चोरी–डकैतीका घटना बढेको भन्दै उहाँले उनीहरुलाई रोजगारीमूलक काममा लगाउन नसके भोकमरी समेत सिर्जना हुनसक्ने बताउनुभयो । समितिको बैठकमा सांसदहरुले विकास निर्माण क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरको अवस्था निकै पीडादायी रहेका कारण उनीहरुलाई सुरक्षित तवरले काममा लगाउनुपर्ने बताएका थिए ।

ठोस निर्णयविना नै राहत वितरण हुने गरेका कारण स्थानीय, प्रदेश र केन्द्र सरकारको एउटै नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव समिति सदस्यहरुले दिएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.