Websoft University

नेकपाको सचिवालय बैठक आज बस्ने


काठमाण्डौ बेशाख १७ गते । रातो तारा डट कम,सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद बढ्न थालेपछि नेकपाको सचिवालय बैठक आज बस्न लागेको हो ।

अब केशी बेरपछि प्रधानमन्त्री निवास बालुवाटार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको छ । यसअघि हिजो बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टा छुट्टै छलफल भएपछि बैठक बस्न सकेन । 

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए । 

वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने जानकारी दिनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.